बझाङमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

बझाङ । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर पक्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गेरको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बलात्कार गरेको खुलेको हो । आमा खेतमा मल लगाउन गएको मौका छोपी किशोरले बलात्कार गरेको र भागेको प्रहरीको भनाइ छ । आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाएकी थिइन् । त्यसपछि घटनाको रहस्य बाहिरियो ।
घटनाबारे थापा पाएपछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया