युक्रेन युद्धः नौवटा मानवीय करिडोर खुला राख्न सहमति
काठमाडौं । युक्रेनका उपप्रधानमन्त्रीले किएभ र रुसबीच नौ वटा मानवीय करिडोर खोल्न सहमति भएको बताएकी छन् । यी करिडोरबाट युद्धमा फसेका नागरिकहरु सुरक्षित स्थानतर्फ जान सहज हुन्छ ।
उपप्रधानमन्त्री इरायना भेरेस्चुकले फेसबुकमा एक पोस्ट सेयर गर्दै किएभ, डोनेट्स्क, जापोरिझ्यिा र लुहान्स्कमा ती मार्गहरु खोलिने बताएकी हुन् । तर उनले मरिउपोलका कुनै पनि सुरक्षित मार्गबारे उल्लेख गरेकी छैनन ।
साथै युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कका गर्भनरले युद्धमा फसेका मानिसहरुको उद्धारका लागि युद्धविराममा सहमति भएको बताएका छन् ।
सेरी हाइदाइले टेलिग्राममार्फत स्थानीय समयअनुसार बिहान ९ बजेदेखि युद्धविराम भएको बताएका हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया