मन्त्री आले र सलमान खानबीच संवाद
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवादमा मन्त्री आलेले सलमानसँग नेपालको पर्यटन प्रवद्र्धनबारे छलफल गरेका हुन् ।
उनीहरु दुईबीच १० मिनेट हिन्दी भाषामा संवाद भएको हो । सलमानले मन्त्री आलेसँग कुरा गर्न पाउँदा खुशी भएको र आफूलाई छिट्टै नेपाल आउने बताए ।
आलेले सलमान खानलाई आफू ठूलो प्रसंशक भएको भन्दै उनलाई सगरमाथा आरोहणका लागि निमन्त्रणा पनि दिए ।
आले र बलिउड अभिनेता खानले आगामी जेठ १४ मा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने छ । छलफलको आयोजना ओडिसी इन्टरटेनमेन्टले गरेको हो । दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे आले र खानबीच छलफल हुन लागेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया