मन्त्री आले र सलमान खानबीच संवाद

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवादमा मन्त्री आलेले सलमानसँग नेपालको पर्यटन प्रवद्र्धनबारे छलफल गरेका हुन् ।
उनीहरु दुईबीच १० मिनेट हिन्दी भाषामा संवाद भएको हो । सलमानले मन्त्री आलेसँग कुरा गर्न पाउँदा खुशी भएको र आफूलाई छिट्टै नेपाल आउने बताए ।
आलेले सलमान खानलाई आफू ठूलो प्रसंशक भएको भन्दै उनलाई सगरमाथा आरोहणका लागि निमन्त्रणा पनि दिए ।
आले र बलिउड अभिनेता खानले आगामी जेठ १४ मा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने छ । छलफलको आयोजना ओडिसी इन्टरटेनमेन्टले गरेको हो । दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे आले र खानबीच छलफल हुन लागेको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया