१४ किमीको दूरीमा जान पनि प्रधानमन्त्री देउवाले रोजे हेलिकोप्टर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि हिल्स गएका छन् । उनी दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न बुधबार प्रधानमन्त्री हेलिकोप्टरमा चन्द्रागिरि पुगेका हुन् ।
प्रधानमन्त्री देउवा बालुवाटारबाट चन्द्रागिरि हेलिकोप्टरमा गएका हुन् ।
बालुवाटारदेखि चन्द्रागिरिको सिधा दूरी करिब १४.१ किलोमिटरको मात्र छ ।
चन्द्रागिरि केबुलकारको माध्यमले पनि जान सकिन्छ । बालुवाटारबाट केबुलकार स्टेशन पुग्न करिब ३६ मिनेट लाग्छ । त्यहाँबाट केबुलकारमा माथि चन्द्रागिरि डाँडामा पुग्न बढीमा १२ मिनेट लाग्छ ।
तर, सवारी साधन र केबुलकार प्रयोग गरेर ४८ मिनेटमा पुगिने ठाउँमा प्रधानमन्त्रीले हेलिकोप्टर रोजेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले नेपालवाचलाई दिएको जानकारीअनुसार हेलिकोप्टरमा आठ मिनेट लागेको थियो ।
वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया