पल प्रकरण : बहस लम्बियो, आदेश आएन

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह र मतियारको आरोप खेपिरहेका कृष्ण जोशीलाई धरौटीमा छाड्ने वा मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्ने भन्ने आदेशका लागि भएको बहस बुधवार टुङ्गिएन ।
बुधवार तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको भए पनि टुङिगन भने सकेन ।
सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेको छ । यसपछि जिल्ला अदालतमा बुधवारबाट बहस सुरु भएको हो ।
पीडिततर्फको बहस बुधबार नै सकियो । तर प्रतिवादीको बहस नसकिँदा थुनछेकको आदेश आउन नसकेको हो ।
बिहीबार प्रतिवादीतर्फको बसह भएपछि पीडिततर्फको पनि प्रतिउत्तर आएपछि भने आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया