अमेरिकाबाट कूटनीतिज्ञ निष्काशन गर्ने रुसको चेतावनी
काठमाडौं । अमेरिकाले १२ रुसी कूटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि रुसले बदलास्वरूप धेरै अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निष्कासन गर्ने बताएको छ । गत महिना, अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण न्युयोर्कस्थित संयुक्त राष्ट्र नियोगबाट रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गरेको थियो ।
र पछि अमेरिकाले संयुक्त राष्ट्रमा एक अतिरिक्त रुसी कूटनीतिज्ञलाई जासूस भएको दाबी गर्दै निष्कासन गर्यो । सोमबार, रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाइएर रुसी विदेश मन्त्रालयले राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेर बोलाएकोमा विरोध गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसी विदेश मन्त्रालयबाट मार्च २३ मा पर्सोना नन ग्रेटा घाेषित कूटनीतिज्ञहरूको सूची प्राप्त गरेकाे पुष्टि गरे । पर्साेना नन ग्रेटाकाे अर्थ ‘रूसमा स्वागत छैन’ भन्ने हाे ।
यो आदेशबाट कति अमेरिकी कूटनीतिज्ञहरू प्रभावित हुनेछन् र उनीहरूलाई रुसबाट कहिले निष्कासन गरिनेछ भन्ने स्पष्ट छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया