युक्रेनका दुई सहर जोड्ने महत्वपूर्ण पुल रुसले भत्कायो
काठमाडौं । रुसले युक्रेनको महत्वपूर्ण पुल भत्काएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । उत्तरी सहर चेयनिभ र राजधानी किएभबीचको महत्वपूर्ण मार्ग रहेको उक्त पुल ध्वस्त भएपछि चेरनिभ र किएभबीच यातायातविच्छेद भएको छ ।
युक्रेनका मानवअधिकार लोकपाल न्युडमाइला डेनिसोभले देसना नदीको पुल सहरमा मानवीय सहायता पुर्याउन र फसेका नागरिकको उद्धारका लागि प्रयोग भइरहेको बताएका छन् ।
सहरमा बिजुली, पानी, ग्यासलगायतक आधारभूत प्रणाली नष्ट भएको उनको भनाई छ । क्षेत्रीय प्रशासन प्रमुख भियाचेस्लेभ चौसले एक भिडियोमार्फत युक्रेनको जीतपछि उक्त ठाउँमा नयाँ पुल बनाउने बताएका छन् । रुस र युक्रेनबीच एक महिनादेखि युद्ध जारी छ ।
https://www.nepalwatch.com/2022/03/22/12129/
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया