नेपाल आउन सलमानले कति लिँदैछन् पारिश्रमिक ?
काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउन लागेका भारतीय अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमित लिने भएका छन् ।
कार्यक्रमको आयोजना ओडिसी इन्टरटेनमेन्टले गरेको हो । सलमानसहित भारतबाट आउने कलाकारहरुले ९ करोड ६० लाख पारिश्रमिक लैजाने ओडिसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए ।
सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडिसीको सहकार्यमा हुने कार्यक्रममा भारतबाट आउने ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवालगायतको टिम ३ दिन नेपाल बस्नेछ ।
यसअघि बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानसँग नेपालको पर्यटन प्रवद्र्धनबारे भर्चुअल संवाद गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया