NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सीजीको नयाँ वर्ष लक्षित ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ योजना, यस्ता छन् विशेषता

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ स्कीम बजारमा ल्याएको छ । यो योजना कम्पनीले चैत १० (आजदेखि) देशभरमा सिमित अवधिका लागि लागू गर्ने भएको हो ।

यस स्कीमअन्तर्गत अब ग्राहकले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त स्कीमअन्तर्गत ग्राहकले सीजी ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टिभीको खरिदमा ५ हजार १९० रुपैयाँ बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टिभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् ।

त्यसैगरी मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा ४ हजार ६४० रुपैयाँ मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् । सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५५० रुपैयाँ बराबरको सीजी भ्याकुम फ्लास्क र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सीजी ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ केजी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् । सीजी ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

यो स्कीम अन्तर्गत सीजी ब्राण्डका फ्लोर स्ट्यान्डिङ–सिलिङ क्यासेट–स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४ हजार रुपैयाँ बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

ताजा अपडेट

नेपालवाच विशेष