पल शाहले बलात्कार मुद्दा थुनामै बसेर लड्नुपर्ने, धरौटीमा रिहा भएनन्
काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा बसेर मुद्दा लड्नुपर्ने भएको छ । थुनछेक बहस सकिएपछि तनहुँ जिल्ला अदालतको हरिश्चन्द्र ढुंगानाको एकल इजालासले शाहलाई धरौटीमा रिहाको आदेश नदिई पुर्पपक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो । अब बढीमा एक वर्षमा सकिने यो मुद्दा शाहले थुनामा बसेर लड्नुपर्ने भएको छ ।
ती नाबालिग गायिकको जाहेरीका आधारमा बलात्कार मुद्दामा शाहमाथि १४ वर्षको जेल सजायँ माग गर्दै सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा शाहले ती नाबालिगमाथि पटकपटक बलात्कार गरेको बलियो प्रमाण जुटाएको दाबी गर्दै आएको छ । शाह र ती गायिकाबीच भएको फोन संवादको रेकर्ड, म्यासेजको अनुसन्धान, शाहका सहयोगीसँगको बयान, होटल संचालकसहितकासँग पनि प्रहरीले बयान लिएको थियो ।
यी सबै बलिया प्रमाणका आधारमा पनि शाहलाई धरौटीमा रिहा गर्ने सम्भावना कम रहेको थियो । अब नाबालिगको मुद्दा फास्ट ट्रयाकबाट टुंगो लगाउनुपर्ने भएपछि एक वर्षको अवधि नलाग्ने पनि बुझिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया