१७ महिना लामो युद्ध अन्त्य गर्न टिग्रे समूह सहमत
आदिस अबाबा । इथियोपियाका टिग्रे विद्रोहीहरू शुक्रबार ‘शत्रुताको अन्त्य’ गर्न सहमत भएका छन् ।
एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन् ।
विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् । युद्धका कारण त्यहाँका ५० लाख मानिसलाई तत्कालै खाद्यान्नको आवश्यकता छ ।
हजारौं मानिस विस्थापित छन्, धेरैले ज्यान गुमाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया