चीनको भ्रमण सकेर पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्र्किएको छ ।
चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रबार राति स्वदेश फर्किएको हो । सो प्रतिनिधिमण्डल गत सोमबार चीन गएको थियो ।
उपाध्यक्ष पौडेल नेतृत्वको चार सदस्यीय प्रातिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना भएको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी भएको थियो ।
सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल थिए ।
स्वदेश फर्किएपछि उपाध्यक्ष पौडेलले सो कार्यक्रममा नेपालका तर्फबाट धारणा राखेको प्रतिक्रिया दिँदै उनले नेपाल चीनबीचको सांस्कृतिक आदानप्रदानमा भ्रमण फलदायी भएको बताए । उपाध्यक्ष पौडलले नेपालको विकासका विविध पक्षका साथै आर्थिक सामाजिक सहयोगमा चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया