चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री बीच फोन वार्ता
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार चीनका राष्ट्रपति सी जिन पिङसँग कुरा गर्दै युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा छलफल गरेका छन् ।
नेताहरूले युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा एक घन्टा लामो छलफल गरेको र उनीहरू पुनः छलफल गर्न सहमत भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । वार्ताको क्रममा प्रधानमन्त्री जोनसनले गत हप्ता चीनमा दुर्घटनाग्रस्त विमानका पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका थिए ।
दुई देशबीचको राजदूत स्तरमा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको स्मरण गर्दै सीले विगत आधा शताब्दीमा केही उतारचढावका बाबजुद पनि सम्बन्ध समग्रमा निरन्तर वृद्धि भएको बताएका थिए ।
सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार दुवै देशको घरेलु अवस्था र विकास मार्ग फरक फरक रहेको उल्लेख गर्दै सीले दुवै पक्षले रणनीतिक र दीर्घकालीन परिप्रेक्ष्यमा ध्यान दिनुपर्ने बताएका छन् । सीले चीन बेलायतसँग वार्ता र सहयोग गर्न इच्छुक रहेको समेत उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया