चैत दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्बले बढ्यो
काठमाडाैं । चैत दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्बले बढेको छ । यही अवधिमा कर्जा विस्तार भने जम्मा एक अर्बले मात्रै बढेको छ । वाणिज्य बैंकहरुले यहि अवधिमा निक्षेप संकलन २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेका छन् ।
चैत पहिलो सातामा बैंकहरुमा निक्षेप संकलन ५ अर्बले घटेको थियो भने कर्जा विस्तार ४ अर्बले घटेको थियो । निक्षेप संकलनमा उल्लेख्य सुधार हुन नसक्दा सिडी रेसियो पनि बढेको छ । हाल बैंकहरुको औषत सिडी रेसियो ९१.१३ प्रतिशत छ । गत साता सिडी रेसियो ९१.१९ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशत तोकेको छ । बैंकहरुले आउदो असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशतमा झार्नु पर्नेछ । अहिले नै सिडी रेसियो सिमा भन्दा माथि भएकाले असार सम्ममा अझै दवाव पर्ने देखिन्छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया