ओस्कार अवार्डः अभिनेताले मञ्चमै कार्यक्रम उद्घोषकलाई थप्पड हाने
काठमाडौं । अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्डको कार्यक्रम भइरहेको थियो । कार्यक्रमकै क्रममा एक अभिनेताले उद्घाेषकलाई थप्पड हानेका छन् ।
कार्यक्रम सञ्चालन गर्न मञ्चमा आएका क्रिस रकले अभिनेता विल स्मिथकी पत्नी जाडा पिन्केट स्मिथका बारेमा ठट्टा गरे ।
आफ्नी श्रीमतीलाई मजाक बनाएको भन्दै त्यहाँ उपस्थित अभिनेता विल आफ्नो सीटबाट उठेर मञ्चमा पुगे र क्रिस रकलाई थप्पड लगाए । विलले रकलाई ‘मेरो श्रीमतीको नाम कहिले पनि उच्चारण नगर्नु’ भनेर चेतावनी पनि दिए ।
रकले सन् १९९७ मा फिल्म जिआई जेनलाई उल्लेख गरेका थिए । त्यसमा बजकट (छोटो कपाल) शैलीमा डेमी मुरले गरेको अभिनयलाई स्मिथकी श्रीमतीसँग जोडेका थिए । स्मिथकी श्रीमतीको कपाल एलोपेसियाले गर्दा झरेको थियो । रकले भनेका थिए, ‘म तिमीलाई ‘जिआई जेन २’ मा छिट्टै हेर्न चाहन्छु ।’
क्रिस रक अमेरिकी कमेडियन हुन् । घटनालगत्तै हास्य कलाकार रक छक्क परे र उनले दर्शकहरुलाई भने, ‘यो टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो रात हो ।’
उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि सम्बोधनमा उनले अवार्ड समारोहमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘म एकेडेमीसँग माफी माग्छु, मनोनित मेरा सबै सहकर्मीसँग माफी माग्न चाहन्छु ।’ यस कार्यक्रम युक्रेनको समर्थनमा दुई मिनेट मौन राखिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया