NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपाल आँखा अस्पतालले विभिन्न पदमा कर्मचारी माग्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदको लागि कर्माचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गरी नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी माग गरेको हो ।

अस्पतालले अस्पतालको लागि र चस्मा पसलको लागि कर्मचारी मागेको छ । अस्पतालको लागि अप्थोमेलोजिस्ट, ओपीडी म्यानेजर, सामुदायिक आँखा स्वास्थ्य सेवा कोर्डिनेटर, शाखा अधिकृत सरह(प्रशासन) तहमा एक÷एक जना कर्मचारी माग गरेको छ । त्यस्तै अस्पतालले चस्मा पसलको लागि र्फामेसी सुपरभाइजर, अप्टिसियन, अकाउन्टेन्ट, स्टोर किपर, सेल्स पर्सनलगायत पदमा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले चैत २७ गते चार बजेभित्रसम्म दरखास्त दिन पाउनेछन् । साथै उम्मेदवारले दरखास्त दिँदा विस्तृत अनुभवसहितको बायोडाटा राखि पेश गनुपर्ने अस्पतालले जनाएकाे छ ।