NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

युक्रेनबाट विस्थापित हुनेको संख्या ३८ लाख नाघ्यो

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाको अवधिमा ३८ लाखभन्दा बढी मानिसहरु युक्रेनबाट विस्थापित भएका छन् । युक्रेनभन्दा बाहिर जानेको संख्यामा पछिल्लो सातामा कमी आएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देश छोडेर गएको तथ्यांक आइतबार सार्वजनिक गरेको हो ।

विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका छन् । युक्रेनबाट विस्थापित भएका सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्याण्डमा पुगेका छन्, ५० हजारभन्दा बढी रोमानिया पुगेका छन् ।

उनीहरूमध्ये झन्डै तीनलाखले रुसमा शरण लिएको बताइएको छ । एक महिनाअघि संकट सुरु हुनुभन्दा अघि युरोपेली संघको सदस्य रहेको पोल्याण्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्यांकमा उल्लेख छ ।

फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कूल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका छन् । यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन् ।

युद्धका कारण यूक्रेनको जीवनस्तर खस्कँदै गएपनि दिनहुँ विदेशिनेको संख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ ।

युक्रेनको शरणार्थी समस्या दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा खराब संकट हो । संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफले बिहीबार बताएअनुसार युक्रेनमा रूसले आक्रमण सुरू गरेदेखि अहिलेसम्म अनुमानित ७५ लाख बाल जनसंख्याको आधाभन्दा बढी अर्थात् भण्डै ४३ लाख बालबालिकाहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।

यसमध्ये १५ लाख बालबालिकाहरू शरणार्थी बनेका छन् भने २५ लाख युद्धग्रस्त देशभित्र विस्थापित भएका बताइएको छ ।

युद्धका कारण यूक्रेनको जीवनस्तर खस्कँदै गएपनि दिनहुँ विदेशिनेको संख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ । यस तथ्यांकमा युक्रेन छोडेर घर फर्कन गएका छिमेकी राज्यका नागरिकहरू समावेश गरिएका छैनन् ।

युएनएचसीआरले बताएअनुसार अहिलेसम्म युक्रेनी शरणार्थीमध्ये प्रत्येक दश जनामा छ व्यक्ति पोल्याण्ड पुगेका छन् अर्थात् पोल्याण्ड पुनेको संख्या २२ लाख ६७ हजार १०३ रहेको छ । युक्रेनबाट तत्काल पश्चिमी छिमेकीहरूमा प्रवेश गर्ने धेरै मानिसहरू युरोपको शेन्जेन खुला सिमाना क्षेत्रका अन्य राज्यहरूमा जाने क्रम निरन्तर रहेको छ ।

धेरै जना विपरीत दिशातर्फ पनि गइरहेका छन् । सीमा रक्षकहरूले युद्ध सुरु भएदेखि लगभग दुई लाख ७४ हजार मानिसहरू पोल्याण्ड छोडेर युक्रेन गएका पनि बताएका छन् ।

विदेशिएका शरणार्थीमध्ये करिब छ लाख रोमानियामा प्रवेश गरेका छन् र यिमध्ये अधिकांश रोमानिया र युक्रेनको बीचमा रहेको मोल्डोभाबाट पार गरेका छन् । धेरै मानिसहरू रोमानिया हुँदै अन्य मुलुकतर्फ गएका पनि बताइएको छ ।

यूएनएचसीआरले तीन लाख ८१ हजारभन्दा बढी युक्रेनीहरू गरिब राष्ट्र माल्डोभातर्फ गएका बताइएको छ । त्यसैगरी करिब तीन लाख ५० हजार युक्रेनीले हङ्गेरीमा शरण लिन पुगेका छन् ।

युएनएचसीआरको तथ्यांकअनुसार रुसमा लगभग २७ लाख ७१ हजारभन्दा शरणार्थीहरूले आश्रय लिएका छन् ।

यसबाहेक, फेब्रुअरी २१ देखि २३ बीच पूर्वी युक्रेनको डोनेट्स्क र लुगान्स्कका पृथकतावादी समर्थक क्षेत्रहरूबाट एक लाख १३ हजार मानिसहरू रुस प्रवेश गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष