NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ९ गते

पहिलोपटक मानिसको रगतमा भेटियो ‘माइक्रोप्लास्टिक’

काठमाडौं । प्लास्टिकको प्रयोग रोक्नका लागि विश्वभर विभिन्न अभियान जारी छन् । प्लास्टिकले वातावरणमा गम्भीर हानि गर्ने भन्दै यसलाई रोक्न प्रयास भए पनि प्रयोग उत्तिकै छ । केही समय अगाडि प्लास्टिकका साना-साना कणका कारण समुद्री जीवहरु मरिरहेको अनुसन्धानहरु आइरहेका थिए ।

हालै नेदरल्यान्डका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानमा मानिसको रगतमा पनि प्लास्टिकका टुक्रा भेटिएको छ । विश्वमै यो पहिलोपटक भएको हो । प्लास्टिकका यी टुक्रा हेर्दा अति सुक्ष्म हुन्छन् । यस अध्ययनमा सहभागी वैज्ञानिकहरुले २२ जना व्यक्तिको नमुना लिएका थिए, त्यसमध्ये १७ जनाको रगतमा माइक्रोप्लास्टिक पाइएको हो ।

माइक्रोप्लास्टिकहरु ५ मिलिमिटर वा योभन्दा कम आकारका हुन्छन् । माइक्रोप्लास्टिकलाई म्याग्निफाइङ ग्लासविना प्रत्यक्ष आँखाले देख्न सकिँदैन । यी प्लास्टिकहरु पानी, खाद्यान्न, जमिनको सतह, हावामा रहन्छन् । यसैको माध्यमबाट मानिसको शरीरमा पुग्छन् ।

अध्ययनको क्रममा वैज्ञानिकहरुले मानिसको रगतमा ५ किसिमका प्लास्टिक भेटाएकाथिए । जसमा पोलीमेथाइन मेथाक्रिलेट, पोलीप्रोपाइलीन, पोलीस्टाइनिन, पोलीइथाइलिन र पोलीइथाइलिन टेरेफ्थेलेट थिए ।

यसबाहेक २३ प्रतिशत मानिसमा पोलीइथाइलिन भेटिएको थियो । पोलीइथाइलिन प्लास्टिक झोलामा पाइन्छ । प्लास्टिक हावा, पानी, खानेकुराको माध्यमबाट मानिसको शरीरमा पुग्छ ।

नेदरल्यान्ड्सको ब्रिजे विश्वविद्यालयको एम्स्टर्डमका प्राध्यापक डिक वेथाकले यस विषयमा गम्भीर हुन आवश्यक रहेको बताएका छन् । माइक्रोप्लास्टिक घातक रोगको कारण पनि बन्न सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष