सन्दीप बने प्लेयर अफ द म्याच, कुशलले बनाए विश्व कीर्तिमान

काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेल आज नेपालले १५ रनले जितेको छ ।
उक्त खेलमा नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच चुनिएका छन् ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप प्लेयर अफ द म्याच बनेका हुन् ।
सन्दीपले ४ ओभरमा २२ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका थिए ।
यस्तै, युवा ओपनर ब्याटर कुशल भुर्तेलले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले टि–२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।
कुशलले आजको पिएनजी विरुद्धको खेलबाट विश्व कीर्तिमान बनाएका हुन् ।
पिएनजीविरुद्ध आज उनले २० रन बनाएका थिए । यससँगै उनले ५०० रन पूरा गरे ।
उनले मात्र १२ खेलमा उक्त कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान विश्व प्रशिद्ध भारतीय ब्याटर केएल राहुलको नाममा थियो । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।
यसैगरी, नेपालका बलर करण केसीले पनि मुभ अफ द डे अवार्ड हात पारे ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया