युक्रेन र रुसबीच नयाँ चरणको शान्ति वार्ता हुँदै
किएभ । युक्रेन र रुसले मंगलबार टर्कीको इस्तानबुल सहरमा अर्को चरणको शान्ति वार्ता सुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।
स्थानीय समय अनुसार बिहान १०.३० बजे सुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ ।
यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए ।
‘मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्’ कुलेबाले ट्विट गरेका छन् । रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ ।
युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन् भने चौथो चरण भिडियोमार्फत भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया