वार्तामा सहभागीलाई ‘केही पनि नखान’ युक्रेनका विदेशमन्त्रीको आग्रह
इस्तानाबुल । टर्कीको इस्तानाबुल सहरमा रुस र युक्रेनका प्रतिनिधिबीच हुने शान्तिवार्तामा ‘केही पनि खान तथा सेवन नगर्न’ युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सुझाव दिएका छन् । साथै उनले वार्तास्थलको कुनै पनि सतहमा नछुन पनि भनेका छन् । युक्रेनको समाचार च्यानल युक्रेनिया२४ मा अन्तर्वार्ताका क्रममा उनले सो कुरा बताएका हुन् ।
युक्रेन र बेलारुस सीमामा शान्ति वार्तामा यस महिनाको सुरुमा रुसी अर्बपति रोमन अब्रामोविच र युक्रेनी वार्ताकारहरुलाई विष खुवाएको शंकापछि कुलेबाले वार्ताको टेबलमा बस्नेलाई केही पनि नखान तथा नछुन आग्रह गरेका हुन् ।
एक अज्ञात अमेरिकी अधिकारीलाई रोयटर्सले उद्धृत गर्दै लेखेको छ, ‘उनीहरुमा विषका कारणले नभएर वातावरणीय प्रदुषणका कारण समस्या देखिएको हो ।’
मार्चको सुरुमा युक्रेन-बेलारुसको सीमामा भएको शान्ति वार्तामा रोमनलगायतमाथि विषाक्त आक्रमण भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । त्यो बैठकमा सहभागितापछि रोमनको आँखा सुन्निनुका साथै छालाको रंग पहेँलो भएको थियो । तथापि, उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया