अब्रामोविचलाई विष दिएको आरोप ‘सूचना युद्ध’ को हिस्साः रुस

काठमाडौं । रुसी सरकारले अर्बपति रोमन अब्रामोविचलाई विष खुवाएको समाचारलाई ‘सूचना युद्ध’ को हिस्सा भएकाे बताएकाे छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी सरकारले यस महिनाको सुरुवातमा शान्ति वार्ताका क्रममा रुसी अर्बपति अब्रामोविचलाई कथित रुपमा विषाक्त आक्रमण गरिएको भन्ने विषयमा कुनै सत्यता नभएको बताएको छ ।
रुसी सरकारले अब्रामोभिच टर्कीमा रहेको रुसी दलको आधिकारिक सदस्य नभएको पनि बताएको छ तर युक्रेन मुद्दामा वार्ताका क्रममा घटनास्थलमा उनको उपस्थिति देखाउने तस्बिरहरू बाहिर आएका छन् ।
यसअघि बेलारुसमा युक्रेन-रुस वार्तामा सहभागी भएर फर्किएका अब्रामोविचमा शंकास्पद विषको प्रभाव देखिएको खबर आएको थियो । यो जानकारी उनको नजिकको स्रोतले दिएको हो ।
उनलाई आँखा दुख्ने, छाला फुट्ने जस्ता समस्या भएको बताइएको छ । यस्तै लक्षणहरू अन्य दुई युक्रेनी शान्ति वार्ताकारहरूमा पनि रिपोर्ट गरिएको छ ।
एक रिपोर्टमा भनिएको छ, शान्ति वार्ता सफल हुन नदिने उद्देश्यले रुसी चरमपन्थीहरूले विषाक्त आक्रमण गरेका हुन् ।’
आरोप लगाएको केही समय पछि, समाचार एजेन्सी रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै गुप्तचर एजेन्सीहरूले यी लक्षणहरू विषले नभई वातावरणीय कारणले भएको भनेर उल्लेख गरेको छ।
रुस–युक्रेन शान्ति वार्तामा सहभागी रुसी अर्बपतिमाथि विषाक्त आक्रमणको आशंका
वार्तामा सहभागीलाई ‘केही पनि नखान’ युक्रेनका विदेशमन्त्रीको आग्रह
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया