घोषणापत्र तयारीबारे ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिसँग परामर्श लिँदै ओली

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र तयारीसम्बन्धमा ७५३ वटै स्थानीय तहमा छलफल गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले होटल हिमालयबाट भर्चुअल माध्यममार्फत अन्र्तक्रिया, छलफल, परामर्श गर्न लागेका हुन् ।
चैत ९ र १० मा एमालेको केन्द्रीय कमिटी बैठकले बैशाख ९ मा पार्टी स्थापना दिवसको अवसर पारेर सबै स्थानीय तहमा प्रतिबद्धतापत्रसहित घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
चैत मसान्तसम्म स्थानीय तहका उम्मेदवारहरूको नामावली पठाउन मातहतका कमिटीलाई निर्देशन दिएका छ । एमालेले आगामी चुनावमा ५५ देखि ६० प्रतिशत स्थानमा विजयी हुने दाबी गरेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया