बूढानीलकण्ठ स्कुलमा रोजगारीको अवसर, माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । बूढानीलकण्ठ स्कुलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । स्कुलले सातौ तहदेखि पाचौँ तहसम्मको कर्मचारी माग गरेको हो ।
स्कुलले करार सेवामा ल्याब टेक्निसियनअन्तर्गत रसायन विज्ञानतर्फ एक र भौतिक शास्त्रतर्फ एक कर्मचारी मागेको छ । त्यस्तै स्थायी सेवाअन्तर्गत लेखापाल र मर्मत सम्भार अधिकृत गरी दुई कर्मचारी गरी चार कर्मचारीको आवश्यकता भएको सूचनामार्फत जानकारी दिएको छ ।
इच्छुक उम्मेदवारले सूचना जारी भएको दिनदेखि चैत्र ३० गतेभित्र र दोब्बर दस्तुर ०७९ वैशाख ७ गतेसम्म दरखास्त दिन सकिने स्कुलले जनाएको छ । थप जानकारीको लागि स्कुलको वेबसाइट https://bnks.edu.np/uploads/page/page-20220330034735-410.pdf गएर हेर्न सकिने छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया