कंगोमा युएन मिसनको हेलिकप्टर दुर्घटना हुँदा ८ सैनिककाे मृत्यु
काठमाडौं । कंगोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनको एउटा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । विद्रोही समूह र कंगो सेनाबीच द्धन्द्ध भइरहेको पूर्वी क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
मोनुस्को भनेर चिनिने मिसनले मंगलबार उत्तरी किभु प्रान्तमा भएको दुर्घटनाको कारण खुलाएको छैन । पुमा हेलिकप्टरमा सवार आठ जनामा ६ जना चालक दलका सदस्य थिए । मृत्यु हुने सबै पाकिस्तानी सेना, अन्य दुई जना रुस र सर्बियाका सैनिक रहेको अलजजिराले उल्लेख गरेको छ ।
मोनुस्कोले सुरु गरेको खोज तथा उद्धार अभियानका क्रममा उनीहरुको शव फेला परेको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शोक व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया