पल प्रकरण : कैफियत प्रतिवेदन मगाउन उच्च अदालत कास्कीको आदेश
काठमाडौं । उच्च अदालत कास्कीले एक नाबालिग गायिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश सम्बन्धमा कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध शाहले मंगलबार दर्ता गरेको निवेदनमाथि बुधबार तोकिएको पेशीमा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका हो । मुद्दाको अवस्था बुझ्न जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिएको हो ।
न्यायाधीश राजभण्डारीको इजलासमा अन्य चारवटा पेशी रहे पनि शाहको पेशीलाई पहिलो नम्बरमा राखिएको थियो ।
चैत १० मा शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनले मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७३ बमोजिम मंगलबार उच्च अदालत, कास्कीमा निवेदन दिएका थिए ।
शाहमाथि १५ वर्ष ९ महिना ११ दिनकी नाबालिग गायिकालाई माया प्रेमको बहाना गरेर जबर्जस्ती करणीको आरोप लागेको हो । कैफियत प्रतिवेदन प्राप्त भएपछि शाहलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षमै राखेबारे उच्च अदालतले आदेश दिनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया