NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिए

काठमाडौं । हास्य कलाकार क्रिस रकलाई थप्पड हानेपछि विवादमा तानिएका अमेरिकी अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै एकेडेमीको ९४ औं पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो, भन्दै राजीनामा दिएका हुन् ।

एकेडेमीले पनि उनको राजीनामा स्वीकृत गरेको छ ।

‘मैले चोट पुर्याएकाहरूको सूची लामो छ र यसमा क्रिस, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू र प्रियजनहरू, उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’ स्मिथले शुक्रबार भने, ‘मैले एकेडेमीको विश्वासलाई धोका दिएँ । अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामका लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरें । म दुखी छु ।’

विलले थप्पड हानेकाे एक घण्टापछि किंग रिचर्ड फिल्मबाट उत्कृष्ट अभिनेताका लागि ओस्कार पुरस्कार प्राप्त गरे ।

क्रिसले रकले सन् १९९७ मा फिल्म जिआई जेनलाई उल्लेख गरेका थिए । त्यसमा बजकट (छोटो कपाल) शैलीमा अभिनेत्री डेमी मुरले गरेको अभिनयलाई स्मिथकी श्रीमतीसँग जोडेका थिए । स्मिथकी श्रीमतीको कपाल एलोपेसियाले गर्दा झरेको थियो । रकले भनेका थिए, ‘म तिमीलाई ‘जिआई जेन २’ मा छिट्टै हेर्न चाहन्छु ।’

श्रीमतीको शारीरिक स्थितिलाई लिएर व्यंग्य गरेपछि विलले मञ्चमै क्रिसलाई थप्पड हानेका थिए । त्यसको अर्को दिन विलले सार्वजनिक रुपमा माफी मागेका थिए । क्रिस रक अमेरिकी हास्य कलाकार हुन् ।

अभिनेत्री जेसिका र अभिनेता विल स्मिथले जिते ओस्कार

विल स्मिथकी पत्नी जेडालाई भएको एलोपेसिया के हो ?

ओस्कार अवार्डः अभिनेताले मञ्चमै कार्यक्रम उद्घोषकलाई थप्पड हाने