NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

वेपत्ता यूक्रेनी पत्रकार किएभनजिकै मृत फेला

किएभ । यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी किएभनजिकै मृत अवस्थामा फेला परेको जनाएको छ ।

दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप यूक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दावी गरेका छन् । राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा बताए, लेविन किएभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए । उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँनजिकै फेला परेको छ ।

टेलिग्रामको वक्तव्यमा भनिएको छ, प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ ।

यूक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो ।