वेपत्ता यूक्रेनी पत्रकार किएभनजिकै मृत फेला
किएभ । यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी किएभनजिकै मृत अवस्थामा फेला परेको जनाएको छ ।
दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप यूक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दावी गरेका छन् । राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा बताए, लेविन किएभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए । उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँनजिकै फेला परेको छ ।
टेलिग्रामको वक्तव्यमा भनिएको छ, प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ ।
यूक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया