माधव नेपालसहित १४ सांसद विरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १४ सांसद विरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्चको न्यायाधीशद्वय अनिल कुमार सिन्हा र नकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।
सुवेदीले एमाले सांसद सोमप्रसाद पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ गरेकाले उक्त मुद्दा आफुले हेर्न नमिल्ने इजलासलाई जानकारी दिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसदको वैधानिकतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोगलाई विपक्षी बनाइ गत भदौमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
ताजा अपडेट
-
फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै
-
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
प्रतिक्रिया