कर्णालीमा मिनीबस खस्यो, सहचालक बेपत्ता
मान्म । कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो ।
नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
आज दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।
“हाम्रोमा भएको इन्ट्रीअनुसार बसमा तीन जना मात्र देखिएको छ, त्यसमध्ये एक जना बेपत्ता हुनुहुन्छ ।’’ उनले भने, “चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ ।’’
उनका अनुसार चालक कृष्णबहादुर शाही छन् । यात्रु महिला कालीकोटको पचाल झरना गाउँपालिका–८ की सलानी कार्की हुन् । बेपत्ता सहचालकको पहिचान खुलेको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया