अन्तरिम आदेशविपरीत काष्ठमण्डप उद्घाटन गर्दै राष्ट्रपति
काठमाडौं । सर्वोच्च अदालतमा दायर रिट निवेदन किनारा नलाग्दै काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको उद्घाटन हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने तय भएको हो ।
अन्तरिम आदेश कायम रहेको र पुरानै मूर्ति पुनस्थापना गर्नुपर्ने जनाउँदै सरोकारवालाले उद्घाटनको विरोध गरेका छन् ।
२०७२ को भूकम्पमा क्षतिग्रस्त यो सम्पदा काष्ठमण्डप पुनर्निर्माण समितिको नेतृत्वमा पुनर्निर्माण भएको हो । यस क्रममा पुरानो मूर्ति हटाएर नयाँ मूर्ति राखिएको थियो, जसको स्थानीय र सम्पदाविदले विरोध गर्दै आएका छन् ।
कान्तिपुर दैनिकका अनुसार, काष्ठमण्डपभित्रका गोरखनाथ र चारवटा गणेशका प्राचीन मूर्ति हटाएर नयाँ प्रतिस्थापन गरेको थियो । नयाँ मूर्ति प्रतिस्थापनविरुद्ध जनहित संरक्षण मञ्चका सञ्जय अधिकारीले सर्वोच्चमा गत पुस २८ मा रिट दायर गरेका थिए । सर्वोच्चले माघ ३ मा नयाँ मूर्ति नराख्न अन्तरिम आदेश दिएको थियो ।
उद्घाटन नगर्न माग गर्दै स्थानीयवासी र सम्पदा संरक्षण अभियानकर्मीका तर्फबाट सोमबार नै राष्ट्रपति कार्यालय पत्र दर्ता गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया