भारतमा फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ । गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ ।
सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव ८१ भारु प्रतिलिटर भएको छ । डिजेलको मूल्य ९४ दशमलव ६७ भारुबाट बढेर ९५ दशमलव ०७ पुगेको छ ।
पेट्रोल र डिजेको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करमा आधारित हुनाले भारतमा राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक छ ।
मार्च २२ देखि यता भारतमा अहिलेसम्म १२ पटक पेट्रोल–डिजेलको मूल्य वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थमा कर : जनतालाई ‘महँगी पुरस्कार’, निगमलाई घाटा
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया