NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा तीन कर्मचारीको बढुवा

काठमाडौं । जिल्ला कार्यालय कैलालीअन्तर्गत बढुवा समितिको सचिवालय कार्यालयले तीन कर्मचारीहरुलाई बढुवाको लागि सिफारिस गरेको छ ।

सचिवालय कार्यालयले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा राप अंकित प्रथम क्षेणी कम्प्यूटर अपरेटर रिक्त पदमा तीन कर्मचारीको बढुवामा सिफारिस गर्न लागेको हो ।

बढुवा हुनेमा भुवन सिहं खत्री, सुशान्त बहादुर भण्डारी र टेक बहादुर कमाडी रहेका छन् । उनीहरुलाई निजामती सेवा ऐन २०४९ को दफा (च) बमोजिम बढुवा गरिएको जारी सूचनामा उल्लेख छ ।