पूर्वसहकर्मीसँग भेट भएपछि बाबुराम : नलाऊ माया दुईतिर भन्नेहरू तीनतिर पो भइयो
काठमाडौं । आज काठमाडौंको त्रिभुवन विमानस्थलमा तीनजना पूर्वसहकर्मीबीच जम्काभेट भएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुन र राप्रपाकी नेतासमेत रहेकी अभिनेत्री रेखा थापाबीच भेट भएका हो ।
कुनै बेला यी तीनैजना सँगै माओवादीमा थिए । पूर्वमन्त्रीसमेत रहेका पुन अहिले पनि माओवादीमै छन् । तर पूर्वप्रधानमन्त्री भट्टराई नयाँ शक्तिहुँदै अहिले जसपामा छन् ।
तीन पूर्वसहकर्मीबीच आज विमानस्थलमा अचानक भेट हुँदा पुराना कुरा सम्झिएर हाँसो–ठट्टा चलेको नेता भट्टराईले सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् ।
कुनै बेला अभिनेत्री थापाले माओवादीमा रहँदा ‘कि लाऊ माया मैतिर किलाऊ उहीतिर निर नलाऊ दुईतिर’ भन्ने गीतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग नाचेकी थिइन् ।
आज विमानस्थलमा सोही स्मरण गर्दै माओवादीहरू दुईतिर मात्र नभएर तीनतिर भएकोमा हाँसो चलेको भट्टराईले फेसबुकमा लेखेका छन् ।
‘एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट !’, उनले लेखेका छन्, ‘नलाऊ माया दुइतिर..भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हााँसो पनि चल्यो !’
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया