NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेनिकट घिमिरे

फिदिम । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । संघको फिदिममा सम्पन्न १२औँ अधिवेशनबाट निकटतम प्रतिस्पर्धी नरेन्द्र अधिकारीलाई ७९ मत अन्तरले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले ६५२ मत प्राप्त गर्दा अधिकारीले ५७३ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित घिमिरेले एमालेनिकट व्यवसायी हुन् भने अधिकारी कांग्रेसनिकट व्यवसायी हुन् ।

यसैगरी उपाध्यक्षमा वसन्त रिजाल, मिलन गिरी, कुमारी मिश्र र सोमकुमार थापा निर्वाचित भएका छन् ।

महासचिवमा उमेश अधिकारी , सचिवमा विकास थापा र कोषाध्यक्ष चन्द्रप्रसाद डाँगी निर्वाचित भएका छन् । सदस्यहरुमा योगराज सेढाईं, यामप्रसाद चापागाईं, राजेन्द्र विश्वकर्मा, श्रीप्रसाद आङ्बो, चन्द्रकुमार तामाङ, टेकबहादुर सिवा, मौसम लावती, सन्तोष तुम्वापो, शिव अधिकारी, टसी शेर्पा, गणेश काफ्ले र महिला सदस्यमा रेखा लावती निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

यसपटक पाँचथर उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त टिम एकातिर थिए भने एमाले र राप्रपाको संयुक्त टिम चुनावी मैदानमा रहेका थिए ।

संघको नेतृत्व चयनका लागि भएको १२ औं अधिवेशनमा भएको मतदानमा १ हजार ३ सय ७ जनाले मतदान गरेका थिए ।