पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेनिकट घिमिरे
फिदिम । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । संघको फिदिममा सम्पन्न १२औँ अधिवेशनबाट निकटतम प्रतिस्पर्धी नरेन्द्र अधिकारीलाई ७९ मत अन्तरले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले ६५२ मत प्राप्त गर्दा अधिकारीले ५७३ मत प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित घिमिरेले एमालेनिकट व्यवसायी हुन् भने अधिकारी कांग्रेसनिकट व्यवसायी हुन् ।
यसैगरी उपाध्यक्षमा वसन्त रिजाल, मिलन गिरी, कुमारी मिश्र र सोमकुमार थापा निर्वाचित भएका छन् ।
महासचिवमा उमेश अधिकारी , सचिवमा विकास थापा र कोषाध्यक्ष चन्द्रप्रसाद डाँगी निर्वाचित भएका छन् । सदस्यहरुमा योगराज सेढाईं, यामप्रसाद चापागाईं, राजेन्द्र विश्वकर्मा, श्रीप्रसाद आङ्बो, चन्द्रकुमार तामाङ, टेकबहादुर सिवा, मौसम लावती, सन्तोष तुम्वापो, शिव अधिकारी, टसी शेर्पा, गणेश काफ्ले र महिला सदस्यमा रेखा लावती निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
यसपटक पाँचथर उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त टिम एकातिर थिए भने एमाले र राप्रपाको संयुक्त टिम चुनावी मैदानमा रहेका थिए ।
संघको नेतृत्व चयनका लागि भएको १२ औं अधिवेशनमा भएको मतदानमा १ हजार ३ सय ७ जनाले मतदान गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया