मञ्जुश्री फाइनान्सले माग्यो शाखा प्रबन्धक र सहायक
काठमाडाैं । मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । उक्त फाइनान्सले सञ्चालनमा ल्याउन लागेको नयाँ संस्था हेटौंडा शाखाको लागि शाखा प्रबन्धकमा एक जना र सहायक पाँचदेखि दश जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीका अनुसार इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण तथा निवेदनमा पद उल्लेख गरी सात दिनभित्र आवेदन दिनु पर्नेछ । शाखा प्रबन्धकको हकमा व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको र बैंकिङ, सहकारी र बीमामा तीन वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । त्यसैगरी सहायकको हकमा न्यूनतम योग्यता व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको र १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।
फाइनान्सले स्थानीयलाई विशेष प्राथमिकता दिने जारी सूचनामा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया