मञ्जुश्री फाइनान्सले माग्यो शाखा प्रबन्धक र सहायक

काठमाडाैं । मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको छ । उक्त फाइनान्सले सञ्चालनमा ल्याउन लागेको नयाँ संस्था हेटौंडा शाखाको लागि शाखा प्रबन्धकमा एक जना र सहायक पाँचदेखि दश जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीका अनुसार इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण तथा निवेदनमा पद उल्लेख गरी सात दिनभित्र आवेदन दिनु पर्नेछ । शाखा प्रबन्धकको हकमा व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको र बैंकिङ, सहकारी र बीमामा तीन वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । त्यसैगरी सहायकको हकमा न्यूनतम योग्यता व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको र १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।
फाइनान्सले स्थानीयलाई विशेष प्राथमिकता दिने जारी सूचनामा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया