श्रीलंका संकट : नियुक्त भएकाे २४ घण्टामै अर्थमन्त्रीले राजीनामा दिए

कोलम्बो । श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएका छन् । हालै श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण मन्त्रिपरिषद्को सम्पूर्ण सदस्यले आइतबार राजीनामा दिएको थियो । त्यसपछि सोमबार नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण गरेको थियो ।
अली साबरीलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ । तर अहिले उनले राजीनामा दिएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षेलाई लेखेको पत्रमा लेखिएको छ, ‘अहिलेको अवस्थालाई ध्यानमा राखी यथोचित विचार गरेपछि यो अभूतपूर्व संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ ।’
यसअघिको सरकारमा अली साबरी न्यायमन्त्री थिए । तर, अप्रिल ३ मा उनले बाँकी मन्त्रीसहित राजीनामा दिएका थिए । त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो । पत्रमा उनले राष्ट्रपति राजपाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको लेखेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया