श्रीलंका संकट : नियुक्त भएकाे २४ घण्टामै अर्थमन्त्रीले राजीनामा दिए
कोलम्बो । श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएका छन् । हालै श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण मन्त्रिपरिषद्को सम्पूर्ण सदस्यले आइतबार राजीनामा दिएको थियो । त्यसपछि सोमबार नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण गरेको थियो ।
अली साबरीलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ । तर अहिले उनले राजीनामा दिएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षेलाई लेखेको पत्रमा लेखिएको छ, ‘अहिलेको अवस्थालाई ध्यानमा राखी यथोचित विचार गरेपछि यो अभूतपूर्व संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ ।’
यसअघिको सरकारमा अली साबरी न्यायमन्त्री थिए । तर, अप्रिल ३ मा उनले बाँकी मन्त्रीसहित राजीनामा दिएका थिए । त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो । पत्रमा उनले राष्ट्रपति राजपाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको लेखेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया