थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार आरोपमा पक्राउ परेर पूर्वक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई नवलपुर लगिएको छ । थुनछेक बहसका लागि उनलाई तनहुँ कारागरबाट नवलपुर ल्याइएको प्रहरीले जनाएको छ ।
एक नाबालिकाले शाहविरुद्ध बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । ती किशोरीले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरि दिएकी थिइन् । फागुन १५ गते गैंडाकोट प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । शाहलाई फागुन १५ गते प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया