थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो
काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार आरोपमा पक्राउ परेर पूर्वक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई नवलपुर लगिएको छ । थुनछेक बहसका लागि उनलाई तनहुँ कारागरबाट नवलपुर ल्याइएको प्रहरीले जनाएको छ ।
एक नाबालिकाले शाहविरुद्ध बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । ती किशोरीले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरि दिएकी थिइन् । फागुन १५ गते गैंडाकोट प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । शाहलाई फागुन १५ गते प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया