विवाहको प्रलोभन देखाइ ठगी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । विवाह गर्ने प्रलोभन देखाइ ठगी गरेको अभियोगमा काठमाडौं धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनले पिडितलाई विवाहको प्रलोभनमा पारी आफू बिरामी भएको र उपचार गर्नको लागि करिब ४२ लाख ३४ हजार रुपैंया आइएमई र सिटी एक्सप्रेसमार्फत रकम पठाउन लगाउन लगाएको आरोपमा उनलाई काठमाडौं बिशालनगरबाट पक्राउ गरिएको हो ।
श्रेष्ठलाई ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडाैं लगिएको महानगरीय प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया