विवाहको प्रलोभन देखाइ ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । विवाह गर्ने प्रलोभन देखाइ ठगी गरेको अभियोगमा काठमाडौं धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनले पिडितलाई विवाहको प्रलोभनमा पारी आफू बिरामी भएको र उपचार गर्नको लागि करिब ४२ लाख ३४ हजार रुपैंया आइएमई र सिटी एक्सप्रेसमार्फत रकम पठाउन लगाउन लगाएको आरोपमा उनलाई काठमाडौं बिशालनगरबाट पक्राउ गरिएको हो ।
श्रेष्ठलाई ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडाैं लगिएको महानगरीय प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया