औषधिको अभाव भएपछि श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा

कोलम्बो । श्रीलंकामा औषधिको चरम अभावका कारण मंगलबारदेखि स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जिएमओए) ले आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ । जिएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले स्वास्थ्य संकटकाल घोषणा बिरामीको जीवन रक्षाका लागि गरिएकाे बताएका छन् ।
बैठकमा जिएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।
श्रीलंकाको अखबारले वर्तमान आर्थिक संकट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ । यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो ।
‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु(याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने । त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ ।
शनिबार श्रीलंकाले देशलाई समातेको आर्थिक संकटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ ।
श्रीलंकाका राष्ट्रपतिले शुक्रबार ‘सार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाको’ सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया