श्रीलंका संकट : ४० बढी सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए
कोलम्बो । श्रीलंकाका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजपाक्षेको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
राजपाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनसँग जोडिएका दलहरूका सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।
आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा संकट भोगिरहेको श्रीलंकामा राजपक्षेको राजीनामा माग्दै ठूला प्रदर्शन हुन थालेपछि ती साना दलहरूको निर्णय आएको हो । मंगलबार नै राष्ट्रपति राजपाक्षेले पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।
गत आइतबार श्रीलंकाका क्याबिनेट मन्त्रीहरूले आर्थिक संकटलाई लिएर सरकारविरुद्ध बढ्दो जनआक्रोशको बीचमा आफ्नो पदबाट सामूहिक राजीनामा दिएका थिए । राष्ट्रपति राजपाक्षेले विपक्षी दलहरूलाई मन्त्रिपरिषद्मा सामेल हुन र एकताबद्ध ई सरकार गठन गर्न आह्वान गरेका छन् । श्रीलंकामा आर्थिक संकट गम्भीर बनेपछि राजनीतिमा उथलपुथल आएको छ ।
सोमबारमात्रै नयाँ मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले पनि २४ घण्टामै राजीनामा दिएका छन् । यसबाहेक औषधिको चरम अभावका कारण मंगलबारदेखि स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । मंगलबार विकसित घटनाक्रमपछि राष्ट्रपतिले कस्तो कदम चाल्ने छन् भन्ने यकिन भएको छैन ।
श्रीलंकाका राष्ट्रपतिले बहुमत प्रमाणित गर्नेलाई सरकार हस्तान्तरण गर्ने
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया