संरक्षित वन्यजन्तुको अखेटोपहारसहित तीनजना पक्राउ

काठमाडौं । भक्तपुरस्थित थिमी,मनोहरा नयाँ बस्तीबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने वस्तु पाँच थानसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर,मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा,कोटेश्वर बस्ने १८ वर्षीय किशोर र जोरपाटी बस्ने ४६ वर्षीय लोेकेन्द्र बेगा रहेका छन् ।
प्रहरीका अनुसार उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्त कारोबार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया