चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या
तेहरान । एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।
उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ ।
खोरासन रजावी प्रान्तका गभर्नर याग्होब-अली नाजारीले इरानी टेलिभिजनसँग भने, ‘एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ ।’ घटनामा अरु दुई जना घाइते भएका छन् । आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया