ग्लोबल आइएमई लघुवित्त, चौघडा शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नुवाकोट । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, चौघडा शाखा कार्यालयको आयोजनामा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । लिखु गाउँपालिका–४, मर्कपोलो रिसोर्टमा चैत १८ गते कार्यक्रम भएको हो ।
०२३ नं. केन्द्रका केन्द्र प्रमुख सुजिना तामाङको सभापतित्वमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भएको आइएमईले जनाएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा विभागका प्रमुख दिवसराज ओली तथा अनुगमन अधिकृत शशीकान्त न्यौपानेलगायत उपस्थित रहेको शाखा प्रबन्धक केशकुमारी सारुले जानकारी दिइन् ।
वित्तीय संस्थाले हाल करिब १ लाख ४४ हजार ग्राहकलार्इ लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरूलाई ८ अर्ब ३८ करोड रूपैयाँबराबर कर्जा लगानी गरेको छ । त्यसैगरी ग्राहकबाट २ अर्ब ६६ करोड रूपैया निक्षेप संकलन गरेको छ । ई–सेवा र एसएमएसबाट पनि बचत तथा कर्जा सङ्कलन गर्ने सुविधा प्रदान गरिँदै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया