अमेरिकाले युक्रेनलाई १० करोड डलर सहयोग गर्ने
वाशिंटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनमा रुसले गरेको बर्बरताको रिपोर्ट सार्वजनिक भएपछि युक्रेनलाई १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
ब्लिंकेनले भने, ‘युक्रेनको अतिरिक्त सुरक्षा (आर्मर) प्रणालीको आवश्यकताको लागी अमेरिकाले १०० मिलियन डलर (१० करोड डलर) सम्म सुरक्षा सहायता प्रदान गर्नेछ।’
यसबाहेक चेक गणतन्त्रले युक्रेनलाई युद्ध हतियार सहयोग पठाएको छ । चेक गणतन्त्र रूससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार सहायता पठाउने पहिलो युरोपेली देश बनेको छ ।
वरिष्ठ चेक अधिकारीहरूले रोयटर्स समाचार एजेन्सीलाई उक्त देशले युक्रेनमा सोभियत निर्मित टि–७२ ट्यांक र बिविपी–१ गाडीहरू पठाएको बताए । मिडिया रिपोर्टमा पाँचवटा ट्यांक र पाँच लडाकू गाडीहरू युक्रेनको लागि जाँदै गरेको रेल देखाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया