अमेरिकाले युक्रेनलाई १० करोड डलर सहयोग गर्ने
वाशिंटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनमा रुसले गरेको बर्बरताको रिपोर्ट सार्वजनिक भएपछि युक्रेनलाई १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
ब्लिंकेनले भने, ‘युक्रेनको अतिरिक्त सुरक्षा (आर्मर) प्रणालीको आवश्यकताको लागी अमेरिकाले १०० मिलियन डलर (१० करोड डलर) सम्म सुरक्षा सहायता प्रदान गर्नेछ।’
यसबाहेक चेक गणतन्त्रले युक्रेनलाई युद्ध हतियार सहयोग पठाएको छ । चेक गणतन्त्र रूससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार सहायता पठाउने पहिलो युरोपेली देश बनेको छ ।
वरिष्ठ चेक अधिकारीहरूले रोयटर्स समाचार एजेन्सीलाई उक्त देशले युक्रेनमा सोभियत निर्मित टि–७२ ट्यांक र बिविपी–१ गाडीहरू पठाएको बताए । मिडिया रिपोर्टमा पाँचवटा ट्यांक र पाँच लडाकू गाडीहरू युक्रेनको लागि जाँदै गरेको रेल देखाइएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया