रुसमा अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलको सबै व्यापार बन्द
मस्को । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ ।
‘तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,’ कम्पनीले भनेको छ । ‘हामी रुसमा रहेका हाम्रा १,२०० कर्मचारीसहित हाम्रा सबै कर्मचारीलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं,’ यसले भन्यो ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले युक्रेनी सेनाको तीव्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको थियो ।
रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधारलाई लक्षित गर्ने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई ‘असैनिकीकरण’ गर्ने बताएको छ । मस्कोले युक्रेन कब्जा गर्ने कुनै योजना नरहेको बताए पनि पश्चिमा राष्ट्रहरुले रुसमाथि थुप्रै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया