रुसमा अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलको सबै व्यापार बन्द

मस्को । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ ।
‘तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,’ कम्पनीले भनेको छ । ‘हामी रुसमा रहेका हाम्रा १,२०० कर्मचारीसहित हाम्रा सबै कर्मचारीलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं,’ यसले भन्यो ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले युक्रेनी सेनाको तीव्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको थियो ।
रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य पूर्वाधारलाई लक्षित गर्ने विशेष अपरेसनको उद्देश्य युक्रेनलाई ‘असैनिकीकरण’ गर्ने बताएको छ । मस्कोले युक्रेन कब्जा गर्ने कुनै योजना नरहेको बताए पनि पश्चिमा राष्ट्रहरुले रुसमाथि थुप्रै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।
ताजा अपडेट
-
माधव नेपालको सांसद पद निलम्बित भएको संसदमा जानकारी
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी
-
संसद्मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन
-
संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहन्छ : रास्वपा
-
अनुसन्धान प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
प्रतिक्रिया