पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा थुनछेक बहस सकियो
काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।
एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा मुद्दा दायर भएको थियो ।
थुनछेक बहसपछि आदेश आजै आउने अदालत प्रशासनले जनाएको छ । पीडित किशोरीको तर्फबाट तीनजना सरकारी वकिल र शाहको तर्फबाट नौ जनाले बहस गरेको अदालतका वैतानिक वकिल दीपक भट्टराईले जानकारी दिए ।
यसअघि जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
जिल्ला अदालतका विरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको कैफियत फैसला मगाउन आदेश दिएको दिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया