तीव्र गतिका बलर कमिन्सको बिष्फोटक ब्याटिङ, १४ बलमै अर्धशतक !

काठमाडौं । तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता इण्डियन प्रिमियर लिग (आइपिएल)मा नयाँ कीर्तिमान बनाएका छन् । उनले बलिङमा नभएर ब्याटिङतर्फ नयाँ कीर्तिमान बनाएका हुन् ।
कोलकत्ता नाइट राइडर्सबाट आइपिएल खेल्ने क्रममा गएराति मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै अष्ट्रेलियाका टेस्ट कप्तानसमेत रहेका कमिन्सले कीर्तिमान बनाएका हुन् ।
कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेलेका थिए । उनले छिटो अधृशतक प्रकार गरेपछि कोलकत्ताले मुम्बईविरुद्ध ५ विकेटको सानदार जित निकाल्यो ।
यो आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमानीको बराबरी हो ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया