NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

४० करोड छुटाएको आरोपप्रति अर्थमन्त्रीको आपत्ति

काठमाडाैं । एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा नै सक्रिय भन्ने समाचरमा अर्थमन्त्रलायले आपत्ति जनाएको छ । आज विहान राष्ट्रिय दैनिक पत्रिकासहित विभिन्न अनलाइन पत्रिकाले छापेको उक्त समाचारमा कुनै तथ्य नभएको कुरा स्पष्ट पार्दै अर्थमन्त्रालयले प्रेश विज्ञप्ति जारी गरेको हो ।

व्यापारी पृथ्वीबहादुर शाहको नाममा खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको थियो । लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको कुरा समाचारमा छापेको थियो ।

यसको खण्डन गर्दै अर्थमन्त्रालयले शाहको बैंकमा १४ करोड रूपैयाँ मात्रै रोक्का भएको तर समाचारमा ४० करोड रूपैयाँ रोक्का भएको समाचार आएकोले शतप्रतिशत झुट भएको अर्थमन्त्रालयले दाबी गरेको छ ।

‘विदेशी लगानी आकार्षित गर्नुपर्ने बाध्यात्मक परिस्थिति भएको बेला स्वतर्फूत आएको विदेशी लगानीलाई समेत अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेहरूलाइसमेत निरूत्साहित गर्न खोज्ने प्रव्रत्ति अत्यान्तै गैरजीम्वेवार र कानुनको बर्खिलाप भएको हाम्रो ठहर छ ।’ मन्त्रलायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।