४० करोड छुटाएको आरोपप्रति अर्थमन्त्रीको आपत्ति
काठमाडाैं । एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा नै सक्रिय भन्ने समाचरमा अर्थमन्त्रलायले आपत्ति जनाएको छ । आज विहान राष्ट्रिय दैनिक पत्रिकासहित विभिन्न अनलाइन पत्रिकाले छापेको उक्त समाचारमा कुनै तथ्य नभएको कुरा स्पष्ट पार्दै अर्थमन्त्रालयले प्रेश विज्ञप्ति जारी गरेको हो ।
व्यापारी पृथ्वीबहादुर शाहको नाममा खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको थियो । लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको कुरा समाचारमा छापेको थियो ।
यसको खण्डन गर्दै अर्थमन्त्रालयले शाहको बैंकमा १४ करोड रूपैयाँ मात्रै रोक्का भएको तर समाचारमा ४० करोड रूपैयाँ रोक्का भएको समाचार आएकोले शतप्रतिशत झुट भएको अर्थमन्त्रालयले दाबी गरेको छ ।
‘विदेशी लगानी आकार्षित गर्नुपर्ने बाध्यात्मक परिस्थिति भएको बेला स्वतर्फूत आएको विदेशी लगानीलाई समेत अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेहरूलाइसमेत निरूत्साहित गर्न खोज्ने प्रव्रत्ति अत्यान्तै गैरजीम्वेवार र कानुनको बर्खिलाप भएको हाम्रो ठहर छ ।’ मन्त्रलायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया