NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

दल दर्ताको दौडधुपमा विप्लव समूह

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेताहरू दौडधुपमा लागेका छन् ।

आजैमात्र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको थियो । फागुन १५ सम्म दल दर्ताको म्याद दिइएको थियो । त्यो समय सकिएपछि दल दर्ताको विकल्प खोज्दै विप्लव समूहका नेताहरू दौडधुपमा लागेका हुन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका थिए । आयुक्तले ग्रिन सिग्नल नदिएपछि उनीहरूले शीर्ष नेता गुहारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रवक्ता प्रकाण्डले दल दर्तामा सघाउन आग्रह गरेका हुन् ।

यसको विरोध पार्टीकै कार्यकर्ताले गरिरहेका छन् ।

पार्टीको केहीअघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेको बताइएको छ । अल्पमतमा परेपछि उनीहरू प्रस्तावबाट पछि हटेको बताइएको छ ।