दल दर्ताको दौडधुपमा विप्लव समूह
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेताहरू दौडधुपमा लागेका छन् ।
आजैमात्र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको थियो । फागुन १५ सम्म दल दर्ताको म्याद दिइएको थियो । त्यो समय सकिएपछि दल दर्ताको विकल्प खोज्दै विप्लव समूहका नेताहरू दौडधुपमा लागेका हुन् ।
उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका थिए । आयुक्तले ग्रिन सिग्नल नदिएपछि उनीहरूले शीर्ष नेता गुहारेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रवक्ता प्रकाण्डले दल दर्तामा सघाउन आग्रह गरेका हुन् ।
यसको विरोध पार्टीकै कार्यकर्ताले गरिरहेका छन् ।
पार्टीको केहीअघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।
महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेको बताइएको छ । अल्पमतमा परेपछि उनीहरू प्रस्तावबाट पछि हटेको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया